शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

संक्रमित व्यक्तिको सम्पर्कमा आएको पाँच दिनपछि परीक्षण गर्न आग्रह

संक्रमित व्यक्तिको सम्पर्कमा आएको पाँच दिनपछि परीक्षण गर्न आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको ५ दिनपछि मात्रै परीक्षण गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङ अन्तरगत आज प्रवक्ता जागेश्वर गौतमले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेका हुन् ।

संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्काल परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।

स्वास्थ्य मन्त्रालयले स्वाव दिइसकेपछि अरुको सम्पर्कमा नआउन यसअघि नै आग्रह गरिसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट