
चितवन – कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि भरतपुर महानगरपालिकामा शनिबार देखि निषेधाज्ञा जारी भएको छ । शनिबार राती १२ बजेदेखि लागु हुने गरी महानगरभित्र निषेधाज्ञा जारी भएको हो ।
शुक्रबार महानगर प्रमुख रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङ, उद्योगी व्यवसायी, यातायात व्यवसायी तथा सरोकारवालाहरुको संयुक्त छलफलले एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञापछि भरतपुरको जनजीवन ठप्प भएको छ । बजारहरु बन्द छन् भने अत्यावश्यक बाहेकका सवारी साधनहरु पनि चलेका छैनन् । भरतपुर क्षेत्र भित्र अत्यावश्यक बाहेकका सबै सेवा ठप्प भएका छन् ।
निषेधाज्ञा पालना गराउनका लागि सडक र मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली निषेधाज्ञा पालना गराउनका लागि सडकमा खटिएका छन् । सुरक्षाकर्मीहरुले अत्यावश्यक कामका लागि बाहेक अन्य व्यक्तीलाई हिडडुल गर्न तथा सवारी साधन चल्न दिएका छैनन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend