शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

व्यवसायीहरुको मर्का : पसल बन्द गर्दा भोकले मरिएला खोल्दा रोगले

व्यवसायीहरुको मर्का : पसल बन्द गर्दा भोकले मरिएला खोल्दा रोगले

धादिङ : एक सय २० दिने लकडाउनले थलिएका धादिङका व्यवसायी लकडाउन खुलेसँगै विस्तारै सामान्य अवस्थामा फर्किंदै थिए । तर पुनः कोरोना महामारीले भयावह रुप लिन थालेपछि व्यवसायीहरु थप त्रसित बनेका छन् ।

धादिङ जिल्लामा एक साताको लागि गरेको निशेधाज्ञाले व्यपार व्यवसाय पुनः ठप्प परेको छ । ३ महिनाभन्दा बढि समयको लकडाउनले सबैभन्दा बढि देशको अर्थव्यवस्था असर गऱ्यो । व्यापार व्यवसाय गर्नेहरु पनि लकडाउनको मारमा परे । सरकारले लकडाउन खोलेसँगै व्यवसायीहरुले स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न थाले ।

तर व्यापार व्यवसाय सामान्य अवस्थामा फर्कन नपाउँदै फेरि कोरोना महामारीले व्यवसायलाई थप असर गरेको छ । देशका मुख्य शहरहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ, जसको प्रत्यक्ष असर व्यापार व्यवसाय गर्नेहरुमा सोझै पर्न थालेको छ । व्यवसाय गरेर आफ्नो दैनिक गुजारा चलाइरहेका व्यवसायीहरु निकै मर्कामा परेका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पुनः लकडाउन हुन सक्ने कतिपयको अनुमान छ । लामो लकडाउन झेलेका व्यवसायी लकडाउन र सिल भन्ने शब्दले झन पीडा महसुस हुने बताउँछन् । कोरोना नियन्त्रणका नाममा कतै सिल, कतै लकडाउन, कतै कर्फ्यू जारी गरिएको छ । त्यसले गर्दा कतिपय व्यवसायीमा समेत दुविधा उत्पन्न भएको उनीहरुको भनाई छ ।

पसल बन्द गर्दा दैनिकी धान्न गाह्रो हुने व्यवसायीहरुको गुनासो भए पनि यसको फिराद हाल्ने निकाय नभएकोले उनीहरु खुम्चिएर बस्न विवश छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend