शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौँ उपत्यकामा १७२ सहित देशभर ६४१ कोरोना संक्रमित थपिए !

काठमाडौँ उपत्यकामा १७२ सहित देशभर ६४१ कोरोना संक्रमित थपिए !

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १९६७ पुगेको छ। काठमाडौंमा १५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन्।

आज देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् भने १३४ जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend