मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बिभिन्न प्रलोभन देखाएर अनलाईन मार्फत ठगी गर्ने एक बिदेशी नागरीक पक्राउ

बिभिन्न प्रलोभन देखाएर अनलाईन मार्फत ठगी गर्ने एक बिदेशी नागरीक पक्राउ

३२ साउन, काठमाडौं  – नेपालमा बसेर अनलाईन मार्फत ठगी र नक्कली मुद्राको कारोवार गर्ने एक विदेशी नागरिक पक्राउ परेका छन्।

सामाजिक संजाल इस्टाग्राम मार्फत एक नेपाली युवतीसंग  रिपब्लिका दी अंगोलाका मार्के आरोन नाम गरेका एक ब्याक्तिले आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो, नेपाल आएर तपाईलाई विवाह गर्छु भनि ४८ लाख ५४ हजार ठगी गरेको खुलेको छ ।

ति युवतीलाई नयाँ बर्षको अवसरमा हिराको औठी, घडि, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड पठाएको छु भनि सामानको पार्सलको फोटो पठाएर प्रलोभन देखाएर सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यक प-यो भनि सो रकम ठगी गरेका थिए।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिपक थापाका अनुसार पिडित युवतीले आफु ठगीमा परेको भनेर उजुरी दिएपछि प्रहरीको अपराध महाशाखाले उनलाई साउन ३० गते पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरी ठमेल स्थित उनी बसेको होटलको कोठा खानतलासी गरी प्रारम्भिक अनुसन्धान गर्दा उनले ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेत गरेको पाईएपछि थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा नक्कली नोट बनाउने गरेको सेमत देखीएको छ। उनीसंग नक्कली नोट बनाउन प्रयोग हुन केमिकल तथा कागज समेत बरामद गरिएको छ । अहिले उनीसंग सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भईरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend