मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

१ भदौ, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक अहिले बिहान साढे नौ  बजेका लागि बोलाइएको छ ।

 आजको  बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ।

गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।

महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्।

कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेपछि बैठक बोलाइएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend