सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कम्युनिष्ट सरकारबाट अब अपेक्षा गर्ने ठाउँ सकियो – डा डिला संग्रौला

कम्युनिष्ट सरकारबाट अब अपेक्षा गर्ने ठाउँ सकियो – डा डिला संग्रौला

२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दुईतिहाईको सरकार यतिबेला सर्वत्र आलोचनाको घेरामा छ । एकातिर विकास निर्माणका काम ठप्प छन भने अर्कातिर कोभिड १९ ले देश त्रास र उच्च जोखिममा जनताहरु बांँचिरहेका छन ।

कोभिड १९ का  कारण हरेक क्षेत्र शिथिल छ । जनताहरु कोरोना र त्रासमा बाँचिरहेका बेला सरकारले यसको जोखिम नियन्त्रण र रोकथाम लागि गरेको कदमहरु कमजोर र उपलब्धीबिहिन बनेका छन । यस्तो महामारीको बेला सरकार आफ्नै आन्तरिक कलह र किचलोमा भूलेको छ । यसको मौका छोपेर भ्रष्टाचार गर्ने समुह त्यतिकै सलबलाईरहेका छन ।

निराश भएका जनताहरु र स्वयम् नेकपाका आफ्नै कार्यकर्ताहरु पनि सरकारको तीब्र आलोचनामा लागिपरेका छन । साथै प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांँग्रेस समेत चीर निद्रामा रहेको भनेर आलोचना पनि हुन् थालेको छ । किन  कांँग्रेसले सरकारको कार्यशैलीको विरोध गर्न सकेको छैन आक्रान्त बनेका जनतालाई राहतको महसुस हुने गरी किन आवाज बुलन्द गर्न सकेको छैन ।

सरकारको कार्यशैली र प्रतिपक्षको कमजोरीको फाईदा त्यस्ता सिमीत व्यक्तिले लिइरहेका छन । जनता भने दिनदनै भोक रोग र शोकले आक्रान्त छन । यसै परिवेशमा रहेर प्रमुख प्रतिपक्ष दल नेपाली कांँग्रृसकी प्रतिनिध सभाकी सभासद डा डिला संग्रौलासंँग सरकारको कार्यशैली र प्रतिपक्षको भूमिका र कांँग्रेसको महाविधशेनको तयारी लगायत विषयमा सुनौलो नेपाल डट कमका सम्पादक महेश पौडेलले गरेको कुराकानी ।

अहिले सरकारको गतिविधि र सरकारको कार्यशैलीलाई कसरी हेर्नु भएको छ ?

अहिलेको दुईतिहाईको सरकार खोई कहाँ छ ? म त देख्दिन । सरकारसंँग जनताहरुको आक्रोश पनि देखिरहनु भएकै छ । सरकार आफ्नै डम्फू बजाउन व्यस्त छ । सरकार त अधिनायकवाद र निरंकुश भइसक्यो । देश कोरोना महामारीले आक्रान्त छ । सरकारको उपलब्धी त शुन्य छ । सरकार कोभिड नियन्त्रण र रोकथाम गर्न पूर्ण असफल भएको प्रमाणित भईसक्यो । सरकारलाई जनताको मतलबनै छैन उत त कुर्सी जोगाउन नै व्यस्त छ । सरकारको कोभिड नियन्त्रणमा त ध्याननै छैन । जनता रोग भोग शोकले अत्तालिएको छ । सरकार न स्वास्थ्य सामाग्री आपुर्ति गर्ने योजना छ नत पिसीआर परीक्षणको दायरा बढाउन सकेको छ । यस्तो भयाबह अवस्थामा नत स्थानीय तह , प्रदेश , नत संघीय सरकारसाग समन्वय गर्न सकेको छ । सरकार आफ्नै ताल, बेसुरमा हिडिराखेको छ ।

सरकारको सर्वत्र आलोचना भएर विरोध भईरहेको बेला प्रतिपक्ष किन चुप लागेर बसेको छ त ?

हामी प्रतिपक्ष अहिले चुप लागेर बस्या जस्तो मात्र देखिएको हो । शुरुवाती क्षणमा हामीले सरकारको कार्यशैली र गलत प्रवृत्तिको विरोध गरेकै हो । तर यो कोरोना महामारीमा हामीले सरकारको विरोध गर्ने यस्तो बेलामा संगै सहयोग गर्नुपर्छ भन्ने हाम्रो भावना हो । हामीले यसअघि सदन र सडकबाट विरोध गरेकै भ्रष्टाचारको विषयमा विरोध गरेको हो  र स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारको हिसाव मागेकै हो । तर सरकार अहिले हाम्रो आवाजलाई टेरपुच्छर लगाउंँदैन , वास्तै गर्दैन । उसलाई दुईतिहाइको दम्भ छ । प्रधानमन्त्री स्वयंले काँग्रेसले राम्रा कामको बारेमा साथ दिएन । बिरोध गर्ने भनिरहनु भयो । हामीले सरकारले सही दिशा पकड्ला , सुधार होला भनेर हामीले सरकारलाई सहयोग गर्यौ तर यसको फाइदा उठाएर सरकार झन निरंकुश बन्दै गयो । अब महामारीको बेला झन यस्तो बेलामा हामीले न त सदनमै बिरोध गर्न सक्छौ नत सडकमा नै जान सक्छौ । जसले गर्दा प्रतिपक्ष मौन भएको जनताले सोचेको छन । अब सरकारले अब मानेन भने सत्याग्रह जानुको विकल्प छैन ।
प्रतिपक्षको भूमिका सरकारको रवैया, सरकारको कार्यशैलीकाृ विरोध कसरी गर्नुहुन्छ?

कांँग्रेस पनि कोरोना बीच महाधिवेशनमा लागेको छ । सरकार आफ्ने आन्तरिक द्धन्द्ध र कलहमा अल्झिएको छ । यस्तो बेलामा भ्रष्टाचार मौलाउंँदै गएको छ । अहिले त सरकार र भ्रष्टाचार परिपुरक भइसक्यो प्रधानमन्धी शुन्यशहनशीलतको कुरा गर्नुहुन्छ व्यवहारमा त त्यो देखिदैनै । उल्टो भ्रष्टाचारलाई ढाकछोप गर्ने र उम्क्याउने काम गर्दै आउनु भएको छ ।
सरकारले समृद्धिको नारा खोइत? जनताका आशा भरोसा त टुट्यो नि?
स्वास्थ्य सामाग्रीमा पनि भ्रष्टाचार गर्ने सरकारबाट के अपेक्षा गर्ने ? समृद्धिको सपना बाड्ने यो सरकार सबै यसको एजेण्डामा फेल खाएको छ । नेकपामा सर्वसत्ताावाद र अधिनायकवाद हावी छ । आफ्नै दलको नेताहरु पनि प्रधानमन्त्रीबाट आजित भईसके । जनतालाई यस्तो अवस्थामा राहत र उपचार गर्नुको सट्टा कुर्चीमा लिप्त हुनेले समृद्धिको आशा गर्नु बेकार छ । लोकतान्त्रिक सरकार भन्छ तर पत्रकारको घाटीमा समेत तरबार झुण्ड्याईएको छ । जनताको आवाजलाई दबाउन सामाजिक सञ्जालमा बोल्न बन्देज लगाईएको छ । यस्तो सरकारबाट जनताले केही आशा अपेक्षा गर्ने कुनै संकेतनै छैन ।

केपी ओली त राष्ट्रवादी नेताको रुपमा परिचित हुनुहुन्छ , उहाँले गुमेको भूमि फिर्ता ल्याउन सफल हुनुभयो । यसलाई कसरी हेर्नुहुनछ ?
केपी ओली खास खोक्रो राष्ट्रवादी भएको प्रधानमन्त्री हुनुहुन्छ । उहांँले आफूलाई राष्ट्रवादीको नामर्मा देवत्करण गर्नुभएको छ । भूमि फिर्ताको बिषयमा उहांँले चाहनु भएकै थिएन । राष्ट्रीयताको सवालमा नेपाली कांँग्रेसले साथ नदिएको भए भूमि फिर्ता हुदैनथ्यो । फेरी नक्सामा मात्र भूमि फिर्ता ल्याएर हुदैन । उहांँ छिमेकी राष्ट्रलाई चिढ्याउन धर्मको अफवाह फैल्याउने, कहिले चाइनाको राजदुत घरघर भेट्दै हिड्ने अनि द्धन्द्ध ननिम्ते के निम्तिन्छ ? नेपाली कांँग्रस राष्ट्रियता , स्वाधीनताको स्वालमा पक्षमा कांँध थाप्छ भ्रष्टाचारको बिषयमा कांँध थाप्न त सक्दैनौ नि ।
प्रसंग बदलौं, नेपाली कांँग्रेस अहिले महाधिवेशनको संघारमा छ । तयारीमा छ ? विधानको विषय तपाईको तयारी कस्तो छ?
स्थिति चाहिंँ अप्ठ्यारो छ ।नेपाली कांँग्रेसको विधानमा ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख छ । विभाग गठन गर्ने भन्दा भन्दै मेरो कार्याकाल सकियो भन्नुहुन्छ शेरबहादुर दाइ । अर्कोकुरा विधान मिचेर विभाग गठन गर्नुभयो भन्नुहुनछ रामचन्द्र दाई । यसरी हेर्दा दुबैको कुरा ठीक हो जस्तो लाग्छ । तर विभाग गठन नहुंँदा कार्यकर्ताले काम गर्न पाएनन नी । समयमै गठन गर्न सकेको भए सबैले काम पाउंँथेनि । कार्यकर्ताले भूमिका पाएको भए कांँग्रेस बलियो हुन्थ्यो । देश बलियो हुन्थ्यो जनता बलियो हुन्थ्यो नि ।

तपाईको महाधिवेशनको तयारी के छ ? तपाई के एजेण्डा लिएर आउंँदै हुनुहुन्छ ?

यत्रो बर्ष कांँग्रेसको राजनीति गरेको व्यक्ति म । यसपटकको महाधिवेशनमा केही एजेण्डा लिएर कार्यकर्ता माझ जादैछु । जनताको माझ जादैछु । जहिलेपनि महाधिवेनमा पदको लागि भागबण्डा गर्ने प्रवृत्ति छ । तर यो समयमा देशमा थुप्रै समस्या छन । अहिले सामाजिक ,आर्थिक मुद्धा छ नि । तहसमहस भएको अर्थतन्त्रलाई कसरी उकास्ने अबको पांँच बर्षमा कस्तो कांँग्रेस बनाउने, कांँग्रेसलाई पुरानै अबस्थामा कसरी पुरयाउने भन्ने बिषयमा केन्द्रीत हुनुपर्ने छ । मेरा यी र यस्तै एजेण्डा छन । साथी भाइको माझ समर्थन बटुल्ने अभ्यास चलाइयो भने सार्थक हुन्छ आफू व्यक्ति प्रति हाबी भयाभने त्यसको अर्थ हुदैन । । अबको कांँग्रेस कस्तो बनाउने किताब लेख्दैछु त्यही लिएर महाधिवेशनमा जादैछु ।

हेर्नुहोस पुरा भिडियो सहित

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend