
भदौ २ काठमाडौँ, बागलुङ नगरपालिका–७ पाति चराउने डाँडामा अबस्थित बुद्दहिल यतिबेला बाग्लुंगको आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गईरहेको छ । बागलुङ सदरमुकाम बागलुङ बजारबाट आठ किलोमिटर दुरीमा रहेको यस डाँडामा पछिल्लो समय युवायुवतीको घुईचो लाग्ने गरेको छ । विश्वयात्री रामजी नेपालीले त्यस ठाउँमा फोटो खिच्ने क्रममा बुद्द आकृतिको पहाड देखिएपछि यस ठाउँको पहिचान भएको थियो ।
लकडाउनकै क्रममापनि युवायुवतीको रोजाईमा परेपछि यस ठाउँलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावनालाई दृष्टिगत गर्दै यसको प्रचारप्रसार र सम्बर्दनमा स्थानीय युवा जुटेका छन् ।
सोमबार बागलुङ नगरपालिका–६ र ७ को संयुक्त भेलाले यसको प्रर्वद्धनका निम्ती स्थानिय युवा प्रदिप गौतमको अध्यक्षतामा ‘बुद्धहिल पर्यटकिय क्षेत्र प्रर्वद्धन समिति ’गठन गरेको छ । यसको सचिवमा रमेश केसी रहेका छन भने कोषाध्यक्षमा कुशुम गौतम रहेकी छन । अन्य पदाधिकारी र सदस्यहरु पछि मनोनित गर्ने अध्यक्ष गौतमले बताए । यसको संस्थापक सदस्यमा बुद्धको आकार पत्ता लगाउने गायक एवं विश्वयात्री रामजी नेपाली र दिपक शर्मा रहेका छन ।
त्यसैगरी समितिको सल्लाहकारमा बानपा–६ का वडा अध्यक्ष खेमराज सापकोटा , बानपा–७ का वडा अध्यक्ष खगराज पाण्डे र स्थानिय समाजसेवी हरि गौतम र धुव्र गौतम रहेका छन । समिति विस्तार भए सँगै यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने उद्देश्य राखिएको अध्यक्ष गौतमले बताए । ‘हामी यस बुद्ध हिललाई कुनै धर्मको खास स्थानको रुपमा विकास गर्ने छैनौं । यो विशुद्ध पर्यटकिय क्षेत्रको रुपमा विकास हुनेछ अध्यक्ष गौतमले भने,– हामी सर्वसिद्धी धाम पञ्चकोट पुग्ने पर्यटकलाई त्यहाँ पु¥याउने लक्ष्य राखेका छौं । कोरोनाको कहर कम भए सँगै यहाँको पुर्वाधार विकासमा सक्रिय हुने गौतमले बताए । सडक देखी १५ मिनेटको पैदल यात्रा पछि पुग्ने उक्त स्थानमा पदमार्गको निर्माण गरिने छ ।
शान्तीका दिप भगवान गौतम बुद्धको आकारमा देखिने उक्त पहाड जिल्लाको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने समितिले जनाएको छ । यस ठाउँको प्रर्वद्धनका निम्ती हरेक वर्ष विश्व शान्ती दिवस र बुद्ध जयन्तीको दिन राष्ट्रिय म्याराथुन प्रतियोगिता राखिने समेत समितिले लक्ष्य राखेको छ । बागलुङ बजारबाट निकै नजिकमा रहेको यस ‘बुद्ध हिल’को महत्व बढाउदै लगेमा बागलुङको पर्यटन व्यवसायमा कोसेढुङ्गा सावित गर्ने अध्यक्ष गौतमले बताए । यहाँ पुगेपछि अन्नपुर्ण, धौलागिरी मानापाथी लगायतका दर्जन बढि हिमश्रृङखलाको समेत अवलोकन समेत गर्न सकिन्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend