
काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका हुन्। सोमबार काठमाडौँ उपत्यकामा १७२ जना नयाँ संक्रमित थपिएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend