शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

एकैदिन ६८१ जनामा काेराेना सङ्क्रमण, ६ जनाकाे मृत्यु

एकैदिन ६८१ जनामा काेराेना सङ्क्रमण, ६ जनाकाे मृत्यु

काठमाण्डाै : पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नाै सय ३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय २० जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार सात सय पुगेको छ ।

अहिले ११ हजार एक सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १३ हजार पाँच सय ७१ जना क्वरेण्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २० पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend