
भदौ ४ काठमाडौँ, सरकारले जारी गरेको निषेधाज्ञासँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ ।कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु गरिएको हो ।
निषेधाज्ञाका कारण बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन ठप्प प्रायः छ । अत्यावश्यक सेवाबाहेक सवारी साधन चलेका छैनन् ।
अघिल्ला दिनहरुमा बिहानै मर्निङ्ग वाकमा निस्कने मानिसहरुको चहलपहल बाक्लो हुने गरेको भए पनि बिहीबार बिहान भने सुनशान रह्यो ।फाट्फुट्ट हिँडेकाहरुलाई पनि सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने केही स्थानमा होल्डिङ सेन्टर बनाएर दुईदेखि चार घण्टासम्म राखेर छाडेका छन् ।विशेष परिस्थितिबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । यदि त्यसरी निस्किएमा जरिवानासमेत गर्ने प्रशासनले चेतावनी दिएको छ ।
(तस्बिर: पंकज दाहाल सुनौलो नेपाल)
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend