शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

७ वर्षअघि समातिएको लुटेरा समूह, जेलबाट छुटेर लुकाइएका पेस्तोल खोज्दै संगठित

७ वर्षअघि समातिएको लुटेरा समूह, जेलबाट छुटेर लुकाइएका पेस्तोल खोज्दै संगठित

काठमाडौं- २०७० सालमा सर्लाही र महोत्तरीको सिमानामा पर्ने बाके जङ्गलमा नाइट बस लुटिएको थियो, प्रहरीले धनुषाका शम्भु कार्की र नुवाकोटका अमर तामाङ लगायतलाई पक्राउ गर्‍यो।

लुटपाटमा ९ जना संलग्न रहेको प्रहरीको निष्कर्श थियो। दोषी ठहर गर्दै महोत्तरी जिल्ला अदालतले शम्भु र अमरलगायतलाई जनहीँ ६ वर्ष २ महिना जेल सजाय तोक्यो। अमर र शम्भु पाँच वर्ष जलेश्वर कारागारमा बसेपछि मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण भए। कैद भुक्तान गरि दुवै जना गत फागुन २२ गते छुटे।

सोही घटनामा दोषी ठहर भएका धादिङका राजकुमार गुरुङसहित तीन जना त्यसअघि नै छुटेर पुन जेल परिसकेका थिए, लागु औषध कसुरमा। जेलबाट छुटेपछि अमर नुवाकोटतर्फ लागे, शम्भू धनुषातर्फ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दीपक थापा जेलबाट छुटेपछि अमर र जेलमा रहेका राजकुमारबीच कुराकानी भएको र मित्रपार्कको एक होटलमा पेस्तोल लुकाएको जानकारी आदानप्रदान भएको बताउँछन्। ‘

राजकुमारले आफुले होटलमा लुकाएको पेस्तोलबारे अमरलाई जानकारी गराएपछि उक्त हतियार त्यहाँबाट सुरक्षित स्थानतर्फ लैजान योजना बनेको देखिन्छ’, एसएसपी थापा भन्छन्।

महाशाखाले बुधबार राजधानीको माछापोखरीबाट बरामद गरेको दुईवटा मेडन इन अमेरिका लेखिएका पेस्तोल, २ वटा म्यागजिन र १० राउन्ड गोली यही योजनासँग सम्बन्धित रहेको दावी गरेको छ।

महाशाखाले नुवाकोटको शिखरबेसी-६ का २७ वर्षीय विकेश पण्डितलाई हतियारसहित पक्राउ गरेको हो। उनले आफुलाई अमरले हतियार लिन पठाएको बताएपछि प्रहरीले नुवाकोटको लिखु गाउँपालिका-१ स्थित निवासबाटै अमरलाई पक्राउ गरेको छ। यो योजनामा प्रत्यक्ष संलग्न रहेको दावी गर्दै प्रहरीले बिहीबार शम्भुलाई पनि धनुषाबाट पक्राउ गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend