
भदौ ५ काठमाडौं, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।
सदाका बर्षहरुमा दर्शनार्थीहरुको भिडभाड हुने स्थानहरु यो बर्ष सुनसान देखिएका छन् । काठमाडौं उपत्यकाका पशुपति लगायतका महत्वपूर्णठाउहरु यो बर्ष श्रदालु भक्तजनहरुको उपस्थिति देखिएको छैन ।
हेरौ सुनौलो नेपालका लागि पंकज दाहालले पशुपतिनाथको मन्दिरमा खिचेका केहि तस्बिरहरु
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend