सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

काेराेना सङ्क्रमितकाे सङ्ख्या ३० हजार नाघ्याे, एकैदिन ११ जनाकाे मृत्यु

काेराेना सङ्क्रमितकाे सङ्ख्या ३० हजार नाघ्याे, एकैदिन ११ जनाकाे मृत्यु

कोकाठमाणडाै : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ । अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend