
६ भदौ, काठमाडौं । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले अपराध गरेर अपराधी जुनसुकै कुनामा पूगेपनी उम्कन नसक्ने बताउनु भएको छ ।
प्रहरीले नियन्त्रण गर्न खोज्दा खोज्दै पनि समाजमा केही छिटफुट घटना र अपराध हुन्छन तर प्रहरीले अपराधी ढिलो छिटो अपराधी पत्ता लगाउछ। कसैले कुनैपनि अपराध गरेर भाग्छु, लुक्छु भन्ने नसोचे हुन्छ। ‘नेपाल प्रहरीसंग जस्तो सुकै अपराध पत्ता लगाउने र अपराधीलाई जुनसुकै कुनामा पुगेको भएपनि ल्याउन सक्ने क्षमता छ त्यसैले अपराध गरेर लुकाउछु कोहिले देखेको छैनन भन्ने मानसिकता कसैसंग छ भने त्यो आजैबाट त्यागे हुन्छ उहाँले भन्नुभयो ।
बिगत देखीनै नेपाल प्रहरीले विभिन्न विधि प्रयोग गरी नेपालमा मात्र नभई विदेश भागेका पनि कैयौं अपराधी ल्याउन सफल भएको उदाहरण रहेको बताउदै कसैले पनि प्रहरीको व्यावसायिक दक्षता माथी शंका नगरे हुन्छ ।
सुनौलो नेपाल अनलाइन टेलिभिजनसंग कुरा गर्दै एसएसपी थापाले भन्नुभयो “म महानगरीय अपराध महाशाखाको प्रमुख भएर आएपछि पुराना ठूला अपराधका घटनाका फाइल खोज्न थालेको छु त्यसैको उदाहरण हो २०६४ सालमा अर्थात १३ बर्ष अगाडी आफ्नै भान्जालाई अपहरण गरी हत्या गरेका ४५ वर्षीय मामा राजेशकुमार गुप्ता पक्राउ परेका छन् र अरु केही त्यस्ता ठुला घटनाको गम्भीर अनुसन्धान भैरहेको छ” ।
त्यस्तै अघिल्लो हप्ता गोंगबुमा भएको विभत्स हत्याको तत्काल अपराधी पत्ता लगाउन हामी सफल भयौ। अहिले आरोपीलाई म्याद थपेर थप अनुसन्धान अघि बढाईरहेको छौ। यस घटनामा आर्थिकपाटो भन्दा द्धेस, वैमनस्यता र प्रतिशोध देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहांँको भनाई छ ।
त्यस्तै भदौ १ गते नेपालको राष्ट्रिय झण्डा जलाएर बनाईएको म्यूजिक भिडीयो सम्बन्धमा के भएको छ भन्ने सुनौलो नेपालको प्रश्नमा उहांँले भन्नुभयो, ‘ भिडीयोमा राष्ट्रिय झण्डा जलाइएको थियो , भिभिआइपीको फोटोहरु जलाईएको थियो । प्रहरीको सक्रियतामा यसको नेक्ससलाई समाउन सफल भयौं ।’
यो घटना राज्यविरुद्धको अपराध हो उनीहरुलाई पांँचबर्ष जेल र ५० हजार सम्म जरीवाना हुन सक्ने थापाले बताउनु भयो । यसमा एउटा मात्रै कसुर र अपराध आकर्षण नभएको भन्दै तीनवटा मुद्धामा आकर्षित भएकोले सोही अनुसार कारवाही हुनसक्छ। यस बिषयमा म्याद थप अनुसन्धान भईरहेको छ । हाल उक्त भिडीयो हामीले हटाएका छौ ।
यो घटनामा राजनीति जोडिएकोले दबाब र प्रभावले काम गर्छ कि भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘प्रहरीले स्वतन्त्रता पुर्वक र एक्जष्टिङ्ग ल बमोजिम अनुसन्धान गर्छौ, कसैको दबाब आउने भन्ने कुरा हुदैन ।’ यो म्युजिक भिडीयो पछि अन्य बिषय पनि जोडिन गएकोले स्वतन्त्रता पुर्वक अनुसन्धान हुन्छ । ‘प्रहरीले व्यवसायिक ढंगले अनुसन्धान गर्छ ’ यसमा निश्चिन्त रहनुहोस् ।
‘लकडाउनको समय र पछिका केही घटना लुटपाट र आर्थिक अपराध भए, अहिले यस्ता घटनामा निकै कमी आएको छ।’ यसबीचमा दुईवटा हत्या र केही आत्म हत्याका घटना भएपनि १५ ठाउंँमा अपराध नियन्त्रणका लागि २४सै घण्टा प्रहरी खटिएको जानकारी दिनुभयो ।
कोभिड १९ को महामारीको बेलामा हुनसक्ने अपराधलाई मध्यनजर गरी यस्तो समयमा काठमाडौका विभिन्न नाकामा थप कडाई गरेको उहांँले बताउनु भयो । ‘क्राइम कन्ट्रोल र शान्तिसुरक्षा जेपाल प्रहरी उक्तिकै सजग छ ।’उहांँले भन्नुभयो
हेर्नुहोस् महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापासंग सुनौलो नेपालका सम्पादक महेश शर्माले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend