
भदौ ६, काठमाडौं पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको सुरक्षार्थ खटिएका ७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । बिहिबार गरिएको कोरोना परिक्षणमा १ जना नेपाल प्रहरी सहित ६ जना सशस्त्र प्रहरीको रिपोर्ट पोजेटिभ आएको हो ।
पुर्बप्रधानमन्त्री माधब नेपाल र परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन । यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका ६ जना प्रहरीलाई कोरोना संक्रमण भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend