
६ भदौ, गाईघाट – उदयपुरको कटारी नगरपालिका र ट्रिपर व्यवसायीहरुको लापरवाहिका कारण कटारी नगरपालिका क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्थानियबासिको गुनासो गरेका छन् ।
नगरपालिका क्षेत्रमा दैनिक जसो २०० को हाराहारीमा संञ्चालन भैरहेको ट्रिपरका कारण संक्रमणको जोखिम बढेको हो । नगरपालिकाले नगरपालिका क्षेत्रमा सवारीसाधनमा जोरविजोेर प्रणाली लागु गरेको भएपनि ट्रिफरमा सो नियम लागु गरेको छैन ।
कटारी नगरपालिकाका आसपासका सवैै स्थानिय तहले कडाईका साथ लकडाउन गरेको भए पनि कटारी नगरपालिका क्षेत्रमा भने प्रभावकारी हुन हुन् नसकेको गुनासो स्थानीयको छ ।
कटारी नगरपालिकाका क्षेत्रसँग सिमा जोडिएको सिरहाको मिचैया नगरपालिकामा संक्रमणको दर बढि रहेको छ । मिर्चैयामा समेत संक्रमणका कारण लकडाउन छ तरपनि कोरोना प्रभावित क्षेत्रबाट रातारात ट्रिपर कटारी नगरपालिका भित्रिरहेका छन् । जसका कारण ट्रिपर चालक र सहचालकका माध्यमबाट संक्रमण सर्ने जोखिम बढेको स्थानीय बताउछन ।
संक्रमीत क्षेत्रबाट उनीहरु कटारीमा आएर समुदायमा घुलमिल भईरहेको स्थानीय बताउँछन् न त उनिहरुको स्वास्थ्य परिक्षण गरिन्छ नत क्वारेन्टाइनमा राखिन्छ। ट्रिपर व्यवसायीले कटारी नगरपालिकाको वडा नम्बर ८ स्थित थलियाबाट कटारी ४ को बजार क्षेत्रमा चुनढुंगा ढुवानी गरिरहेका छन् । निर्वाध रुपमा सवारी संञ्चालन गरेका उनीहरुले संक्रमणबाट वच्न सर्तकता पनि अपनाएका छैनन् ।
कोरोना संक्रमणका वेला अत्यधिक सवारीसाधन संञ्चालन गरेका व्यवसायीहरुले संक्रमण बढाउने जोखिम बढेको भन्दै सामाजिक संञ्जालमा व्यापक गुनासो आएपनि सरोकारवाला निकाय भने मौन रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend