
भदौ ७ काठमाडौं, काठमाडौं सहितका देशभरका स्थानहरुमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नियन्त्रणको लागि सरकारले निषेधाज्ञा गरिरहेको छ ।तर काठमाडौंका सडकमा बैंकका कार्ड बोकेका कर्मचारीहरु,तिनका गाडी र मोटरसाइकलको संख्या भने ह्वात्तै बढेको छ ।
राष्ट्र बैंकले सिमित संख्यामा कर्मचारी उपस्थित गराएर बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको थियो तर राष्ट्रबैंकको निर्देशन बिपरित निषेधाज्ञाको सुरुको दिनमा बैंकका कर्मचारी बाटोमै रोकिएपछि गत बिहिबार नेपाल बैंकर्स एसोसिएसनले बैंकका सबै शाखा बन्द गर्न निर्देशन दिएको थियो ।
नेपाल बैंकर्स एसोसिएसनको बिरोधपछि राष्ट्रबैंक र स्थानीय प्रसासनको समन्वयमा बैंकका कर्मचारीलाई बाटोमा नरोक्ने र बैंकिङ सेवा सुचारु भएको थियो । तर महामारीको बेला इमर्जेन्सी सेवा सुचारु गर्न राज्यले दिएको सुबिधाको भने ब्यापक दुरुपयोग भएको छ । उपत्यकामा सिमित संख्यामा बैंकका शाखाहरु खोलिएका छन् तर बन्द भएका शाखाका कर्मचारीहरु समेत कार्ड भिरेर बाहिर निस्कने गरेको पाईएको छ अझै दुख लाग्दो कुरा त बैंकमा कामनै नगर्ने अन्य व्यक्तिलाई समेत बैंकको कर्मचारी भन्दै कार्ड बनाई दिएर दिने समेत गरिएको छ । महामारीको बेला राज्यलाई सघाउनुपर्ने जिम्मेवार सस्था र तिनमा काम गर्ने कर्मचारीले देखाएको यस्तो गैरजिम्मेवार ब्यबहारले आफ्नै पेसाको गरिमालाई समेत घटाएको छ ।
पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढ्दै गएका छन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै १६० जना संक्रमित थपिएका छन्। शनिबार गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बताए अनुसार भक्तपुरमा अहिलेसम्मकै सबैभन्दा धेरै ५० जना संक्रमित भेटिएका छन्। यता ललितपुरमा भने पछिल्लो २४ घण्टामा ६ जना मात्रै संक्रमित भेटिएका थिए। हाल सम्म नेपालमा संक्रमितको संख्या ३३११७ पुगेको भने कुल मृत्यु एक १४६ पुगेको छ भने १८३५० संक्रमित निको भई घर फर्केका छन् यो अबधिमा सरकारले ५९२४१८ जनाको पिसिआर परिक्षण गरिसकेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend