शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

७० बर्षिया हरिबहादुर जो ५ मिनेट चितुवासंग लडेर बच्चा जोगाए !

७० बर्षिया हरिबहादुर जो ५ मिनेट चितुवासंग लडेर बच्चा जोगाए !

लमजुङको बेशिसहर नगर पालिका -९ स्थित साम्दी थापा गाउँमा आज बिहानै ६ बजे चितुवा पस्यो । चितुवाले एकाकए एकजना बालकमाथि आक्रमण गर्न खोजेपछि त्यहाँ तनाव उत्पन्न भयो । चितुवाले बालकलाई आक्रमण गर्नासाथ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरे । अनि थापा र चितुवाबीच केही समय झडप भयो । साहसका साथ चितुवासँग लडेका थापाले अन्तत: चितुवालाई पराजित गरे र चितुवा घटनास्थलमा नै मर्‍यो ।

CHITUWA.jpg
चितुवासँग लडेका थापा भने घाइते भएका छन । अहिले घाइते थापाको प्ररम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

CHITW.jpg

७० वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुन्।मारिएको चितुवालाई जिल्ला वन कार्यालयका कर्मचारीले व्यवस्थापन गर्ने तयारी गरेका छन्।बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले घाइते थापाको उपचार भइरहेको जानकारी दिए। ‘उहाँलाई आक्रमण गर्न आएको चितुवालाई उहाँले नै मारिदिनुभएछ। उहाँ घाइते हुनुहुन्छ, उपचार जारी छ,’ उनले भने।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend