सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

पछिल्लो २४ घण्टामा थपिए ८१८ संक्रमित, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ८१८ संक्रमित, ३ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् । यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend