
धादिङ : समुदायस्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउँदै धादिङ प्रहरीले सर्वसाधारणको आवागमनमा चेकजाँचमा कडाइ गरेको छ ।
धादिङ प्रहरीले मास्क प्रयोग नगर्नेलाई र विनाकाम निस्फिक्री मोटरसाइकल कुदाउने १ सय ५० जनालाई सचेत गराएको छ। कोभिड-१९ को जोखिम र धादिङ जिल्लामा निशेधाज्ञा कायमै रहेको बेला बिना काम हिडडुल गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना दिन थालेको हो ।
कोभिड-१९ संक्रमित दिनप्रतिदिन बढिरहेको अवस्थामा घरबाहिर हिँड्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिए पनि अटेरी गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना प्रदान गर्न थालेको हो ।
घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा संक्रामक रोग ऐन २०२० अर्न्तर्गत कारवाही गर्ने ईलाका प्रहरी कार्यालय गजुरीका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए ।
उनका अनुसार बिना काम मोटरसाइकल कुदाउनेहरुलाइ एक घण्टा होल्ड गराएर सम्झाइ-बुझाइ छाडिएको खड्काले बताए।
सम्भावित संक्रमण बाट बच्न अनि सरकारले जारि गरेका सूचना हरुमा ध्यान दिई कोभिड बिरुद्दको लडाईमा अनुशासित बनि संक्रमण संग जोगिने उपायको अबलम्बन गर्नका लागि आग्रह पनि गर्नुभयो
त्यस्तै आइतबार गजुरी गाउँपालिका वडा न. २ मा २० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भए संगै मलेखु बजार देखि बिहानी पम्प र चालिसे आदमघाट लगायत गजुरी एरियामा कडा गरिएको छ । हाइवे र टायर पसल ग्यारेजमा कडा निगरानी र अत्यावश्यक बाहेक सबै बन्द गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend