मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपालमा थप ७४३ जनामा कोरोना, उपत्यकामा २२४ नयाँ संक्रमित थपिए

नेपालमा थप ७४३ जनामा कोरोना, उपत्यकामा २२४ नयाँ संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साेमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको बताएका छन् । २४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ ।

योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६१०४६९ परीक्षणहरु गरिएका छन् ।त्यसैगरी २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको छ ।

यसैबिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend