
अब काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने संकेत देखिएको छ । सरकारले काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा गरेसँगै सरकारी कर्मचारीहरूको कोरोना परीक्षण गर्न थालिएको छ ।
यसैक्रममा शुक्रबार पर्यटन मन्त्रालयकी एक शाखा अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि कोरोना देखिएपछि अन्य कर्मचारी त्रसित बनेका छन् ।
शुक्रबार आएको रिपोर्टअनुसार भदौ २ गते पर्यटनमन्त्री योगेश भट्टराई, सचिव केदारबहादुर अधिकारीलगायतको कोरोना परीक्षण गर्दा एकजना महिला अधिकृतलाई कोरोना पोजेटिभ देखिएको हो। कोरोना देखिएकी शाखा अधिकृतसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend