शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

युवक गर्भवती, डाक्टर नै चकित

युवक गर्भवती, डाक्टर नै चकित

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै भएको छ । उत्तर प्रदेशमा अस्पतालले युवक गर्भवती भएको रिपोर्ट दिएको छ ।

कासगञ्ज जिल्लाको अलिगञ्जका २२ वर्षीय युवकलाई अस्पताले त्यस्तो रिपोर्ट दिएका हो । सिमेट फ्याक्ट्रीमा काम गर्ने दर्शन नामका ती युवक पेट दुखेर अस्पताल गएका थिए । स्वास्थ्य जाँच गरेपछि अस्पालले उनलाई त्यस्तो रिपोर्ट दिएको हो । युवकलाई त्यस्तो रिपोर्ट दिएपछि अहिले त्यो सामाजिक संचालमा छाएको छ ।

पेट अति नै दुख्न थालेपछि उ युवक अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा गएका थिए युवकले अस्पतालमा केहि महिना यता पेटमा अत्याधिक पीडा महशुस भएको बताएपछि डाक्टरलाई उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरीर स्वास्थ्य जाँच गरे । दिनभरको परीक्षण पछि बेलुका उनको रिपोर्ट आयो। रिपोर्ट देखेपछि डाक्टर नै अचम्ममा परे । किन कि युवकको रिपोर्टमा गर्भवती रहेको उल्लेख गरिएको थियो । डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पीडा हुने गरेको बताए । अल्ट्रासाउण्डको रिपोर्ट अनुसार पनि दर्शनको पेटमा बच्चा रहेको प्रष्ट भयो। डाक्टरले उनको पेटमा रहेको बच्चादानीको नली (फिलोपियन ट्युब)मा गर्भ रहेको बताएका छन् । 

एक डाक्टरको कुरा नपत्याएर दर्शन त्यो रिपोर्ट लिएर अर्को डाक्टर कहाँ पुगे । तर त्यो डाक्टरले पनि उनलाई गर्भवती रहेको बताए । अर्का डाक्टरको कुरा सुनेपछि दर्शनको होश नै उड्यो र उनी बेहोस भए ।

अस्पतालले मजाक गरिरहेको भन्ने लागेर उनले बेहोशबाट उठेपछि केहि मानिसहरुको सल्लाह बमोजिम जिल्ला अधिकारी कहाँ रिपोर्ट गरेका छन् । अस्पतालका केहि डाक्टरले भने दर्शन भन्दा अगाडि कोहि महिलाको रिपोर्ट उनलाई परेको हुन सक्ने शंका गरेका छन् । दर्शनको रिपोर्ट बनाउने डाक्टर आलोक गुप्ताले भने गल्तीले रिपोर्ट बनेको स्वीकारेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend