
भदौ ९ काठमाडौँ, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद केशब स्थापितले काठमाडौँका महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको कार्यशैली र प्रगतिप्रति असन्तुष्टि प्रति तिखो व्यंग्य गरेका छन् ।गत निर्बाचनमा बिद्या सुन्दर शाक्यलाई चुनाब जिताउन महत्वपूर्ण भूमिका खेलेका प्रदेश संसद केसब स्थापितले सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन् ”विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गर्यो भने मेयर भयो। हुदैँ भएन । मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो। तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ०० दिन्छु ” ।
राजधानी काठमाडौँका मेयर बिद्या सुन्दर शाक्यले गत चुनाबमा ‘एक सय दिनमा एक सय एक काम’ गर्भ भनेर कामको सुची समेत उल्लेख गरेका थिए । उनको १०० दिनको कार्यसूची भित्र क्लीन द सिट्, अभियानको प्रारम्भ धुँवाधुलो न्यूनीकरण गरी ‘नो मास्क सिटी’को अभियानबाट सञ्चालन गर्ने जनाएका थिए । त्यसैगरी ‘काठमाडौ महानगर झिलिक्क घरघर टिलिक्क’ ‘सही समय सही ठाम, नो ट्राफिक जाम’ देखि ‘ग्रीन एण्ड क्लिन काठमाडौं’समेतका आकर्षक नारासहित १०१ कामका सूची सार्वजनिक गरेका थिए तर मेयर शाक्य निर्बाचित भएको तिन बर्ष पुरा अबधि पुग्दा समेत उनले आफैले देखाएको सपनामा केहि सिन्को भाँचिएको छैन ।
अहिले काठमाडौँ उपत्यका कोरोना महामारीको केन्द्र बन्दै गईराखेको छ तर महानगरको नेतृत्व हाँकेका मेयर शाक्यले कुनै ठोस कदम लिन सकेका छैनन । गत निर्बाचनमा मेयर शाक्यले ६९,८५० मत प्राप्त गरेर चुनाब जितेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदबार राजुराज जोशीले ४८,७४३ मत मात्र ल्याएर दोश्रो स्थान प्राप्त गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend