शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

नेपालमा एक हजार व्यक्तिमा कोरोनाको खोप परिक्षण गर्दै चीन !

नेपालमा एक हजार व्यक्तिमा कोरोनाको खोप परिक्षण गर्दै चीन !

भदौ ९ काठमाडौं चीनको चीनको होङसी कम्पनिले नेपालमा एक हजार जना मानिसमा कोरोनाविरुद्धको खोपको परिक्षण गर्ने तयारी गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार चीन बाहेक रुसमा बनेको भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको जानकारी दिए।

विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको बताए। सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको बताए।

त्यस्तै रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव गरिएको बताए। उनले नेपालका लागि रुसी राजदूतसँग आफैले भेटेर क्लिनिकल ट्रायल र उत्पादनका लागि चिठी लेखेर दिएको बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend