
भदौ ९ काठमाडौं, सरकारले सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा प्रा डा.उपेन्द्र कोइरालालाई नियुक्त गरेका छन्।उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलका सम्धी पर्ने कोईराला विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्रमुख नेपाल आयल निगमको कार्यकारी निर्देशक,उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत भईसकेका उनले नेकपाका प्रभावशाली नेता इश्वर पोख्रेलका सम्धी भएकै कारण पटकपटक लाभको पद पाईसकेका छन्।
कोईरालामाथि मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति बन्नुअघि साबिकको उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष रहेर काम गर्दा कम गुणस्तरको उत्तरपुस्तिका छपाइदेखि प्रशासनिक काममा समेत विवादित भएका थिए । उपाध्यक्ष भएको समयमा कोइरालाले एक महिलाको नाममा आफैँले हस्तलिखित निवेदन लेखेर निवेदकको तर्पबाट हस्ताक्षरसमेत गरेका थिए । त्यही निवेदनमा उपाध्यक्षको हैसियतले तोक लगाएर जागिर दिलाइदिन प्रशासनलाई आदेश दिएका थिए ।
अहिले निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो। त्यसमा पदपूर्तिका लागि कोइरालालाई सञ्चालक समितिको सदस्कायको रूपमा नियुक्त गरिएको हो।
अधिकारीको पालादेखि बैंक सञ्चालक समितिले अध्यक्ष चयन गर्न थालेको हो। त्यसअघि अर्थमन्त्रालयले सोझै बैंकको अध्यक्ष तोकेर पठाउने गर्दै आएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन आएपछि सरकारले सञ्चालक तोकेर पठाउन पाउँछ। प्रक्रिया पुर्याउन अध्यक्ष भने सञ्चालक समितिले चयन गर्छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend