सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको निर्देशक नबनाए सरकार नै अलोकप्रिय बन्ने स्थितिमा (भिडियो रिपोर्ट)

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको निर्देशक नबनाए सरकार नै अलोकप्रिय बन्ने स्थितिमा (भिडियो रिपोर्ट)

भाद्र ९ काठमाडौं – नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको चार बर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । घिसिङ २०७३ साल भदौ २९ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्दा देशमा १८ घण्टा लामो लोडसेडिङ्ग मात्र थिएन प्राधिकरण ३४ अर्व घाटामा समेत थियो।

आफ्नो कार्यभार सम्हालेपछि कुलमानले चमत्कार जसरी नै १८ घण्टा लामो लोडसेडींग मात्र हटाएनन प्राधिकरणलाई अर्वौ नाफामा समेत पुर्याएर सार्वजनिक सस्थान हरुमा सबै भन्दा नाफा मुखी सस्था समेत प्राधिकरणलाई बनाएर छोडे।

अहिले उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्ने आवाज चर्को रुपमा उठन थालिसकेको छ। आवाज र जनचाहना यतिसम्म कुलामानको पक्षमा छ कि यदि सरकारले पुन उनलाई नियुक्ति नगर्ने हो भने सरकार समेत जनताको नजरमा अलोकप्रिय बन्ने स्थितिमा छ।

जनताको यत्रो चाहाना छ तर कुलमान आफै के चाहन्छन होला भन्ने जिज्ञासा पनि जनतामा उत्तिकै कडा रुपमा आउन थालेको छ के सरकारले पुन जिम्मेवारी दिए तपाई सम्हाल्न तयार हुनुहुन्छ त् भन्ने सुनौलो नेपालको प्रश्नमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो।

हेर्नुहोस सुनौलो नेपालको एक रिपोर्ट :

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु हुन्न भन्ने आवाज सामाजिक संजालमा मात्रै हैन नेपाल बिद्युत प्राधिकरणको आधीकारिक ट्रेड युनियन भित्र समेत ऊत्तिकै शशक्त छ। चार बर्ष अगाडी प्राधिकरणका कर्मचारीलाई समेत लोड सेडिंगका पात्र भनेर समाजमै अपमानित हुनुपरेको इतिहास स्मरण गर्दै कुलामानकै कुशल नेतृत्वका कारण अहिले नेपाल बिद्युत प्राधिकरणको ड्रेस लगाएर गर्वका साथ हिड्न पाएको ट्रेड युनियनका संयोजक रामेश्वर पौडेलले बताउनु हुन्छ ।

अहिले कुलमानको पक्षमा सामाजिक संजालमा उर्लिएको अभियानमा हास्य कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’

त्यसैगरी नायिका करिश्मा मानन्धर लेख्छिन्–‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।’

कलाकार मात्र हैन समाजका अगुवा बौद्धिक बर्ग समेत कुलमानको पक्षमा छन् राजनीतिक बिश्स्लेशक डा सुरेन्द्र केसीले १८ घण्टा लामो लोद्सेडिंग सम्झिदै कुलमानमा क्षमता मात्र हैन निष्ठा समेत भएको बताउछन। आफुले नेपालमा लोड सेडिंग मुक्त होला भन्ने कहिल्यै कल्पना समेत नगरेको उहाँको भनाई छ।

अहिले सर्वत्र कुलमानको पक्षमा जनलहर उर्लिदै गर्दा जनता बाट निर्वाचित सरकारले जनताको चाहानालाई लत्ताएर अगाडी बढला त नेपाली जनताले यो सरकारलाई हेरिरहेका छन् |

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend