सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

निषेधाज्ञाको समयमा काठमाडौंको सडकमा फेक पत्रकार र बैंकका कर्मचारीको बिगबिगी !

निषेधाज्ञाको समयमा काठमाडौंको सडकमा फेक पत्रकार र बैंकका कर्मचारीको बिगबिगी !

१० भदौ, काठमाडौं गत हप्ता देखि लागु भएको उपत्यकाको निषेधाज्ञा दोश्रो पटक १ हप्ता थपेर भदौ १५ सम्म लम्ब्याइएको छ ।तर उपत्यकाको निषेधाज्ञाको प्रभाब भने महामारीको बेला राज्यलाई नजिकबाट सहयोग गर्नुपर्ने निकायहरु गैरजिम्मेवारीको कारण  बिस्तारै निषेधाज्ञाको प्रभाब खस्किदै गईरहेको छ राजधानीका सडकमा सवारीको संख्या बढ्दो छ भने मानिसहरुको आवतजावत पनि बिस्तारै बढ्दै गईरहेको छ ।

प्रहरी प्रशासनले निषेधाज्ञा पूर्णरुपमा लागु गर्ने प्रतिबद्धताकासाथ सडकमा खटिएको छ तर कोरोना महामारीको यो महत्वपूर्ण समयमा पनि मानिसहरु प्रहरी प्रसासनलाई झुक्याउनकै लागि कृत्रिम इमर्जेन्सी देखाउदै सडकमा निस्केका छन् ।

कति सम्म  भने राज्यको महवपूर्ण अंग बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरु समेत महामारीको बेला इमर्जेन्सी सेवा सुचारु गर्न राज्यले दिएको सुबिधाको ब्यापक दुरुपयोग गर्दै सडकमा निस्केको पाईएको छ । उपत्यकामा सिमित संख्यामा बैंकका शाखाहरु खोलिएका छन् तर बन्द भएका शाखाका कर्मचारीहरु समेत कार्ड भिरेर बाहिर निस्कने गरेको पाईएको छ अझै दुख लाग्दो कुरा त बैंकमा कामनै नगर्ने अन्य व्यक्तिलाई समेत बैंकको कर्मचारी भन्दै कार्ड बनाई दिएर दिने समेत गरिएको छ ।

राष्ट्र बैंकले सिमित संख्यामा कर्मचारी उपस्थित गराएर बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको थियो तर राष्ट्रबैंकको निर्देशन बिपरित निषेधाज्ञाको सुरुको दिनमा बैंकका कर्मचारी बाटोमै रोकिएपछि गत केहि दिन नेपाल बैंकर्स एसोसिएसनले बैंकका सबै शाखा बन्द गर्न निर्देशन दिएको थियो ।नेपाल बैंकर्स एसोसिएसनको बिरोधपछि राष्ट्रबैंक र स्थानीय प्रसासनको समन्वयमा बैंकका कर्मचारीलाई बाटोमा नरोक्ने र बैंकिङ सेवा सुचारु भएको थियो । राज्यको महत्वपूर्ण अंगका रुपमा मानिएको बैंकिङ क्षेत्र र यसका सरोकारवाला निकायको समेत यसबारेमा गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

अर्को तर्फ राज्यको महत्वपूर्णअंग संचारक्षेत्रको समेत यो महामारीको बेला दुरुपयोग भएको छ  । कतिपय व्यक्तिहरुले विभिन्न संचारमाध्यमको कार्ड लिएर पत्रकारको नाममा करोडौका गाडीमा अन्यक्षेत्रका व्यक्तिहरु सडकमा हुँईकिरहेका छन । पत्रकारको कार्ड भिरेर गाडीको सिसामा प्रेस लेखिएको स्टिकर टाँसेर हुँईकिएका नक्कली पत्रकारलाई प्रहरी प्रसासनले पनि सम्मानका साथ छोडेको पाईन्छ । राज्यले पत्रकारिताप्रति देखाएको सदासयता र आम पत्रकारको राज्यप्रतिको उत्तरदायित्वलाई बिर्सने गरि केहि पैसामा आफ्नो मिडियाको कार्डको दुरुपयोग समेत केहि संचार संस्थाले गरेका छन । यसरी आम पत्रकारिताको बद्नाम हुनेगरी भईरहेका यस किसिमका घटनाहरु तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिईसकेको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend