सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

चिनियाँ दुतावासबाट पैसा लिएको बारे बोले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार !

चिनियाँ दुतावासबाट पैसा लिएको बारे बोले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार !

भदौ १० काठमाडौ नेपाल-भारत प्रबुद्ध समूहका तत्कालीन सदस्य राजन भट्टराईलाई चीनले १५ लाख रुपैयाँ दिएर नेपाल-भारत सम्बन्धबारे ‘रिसर्च’ गर्न लगाएको  भन्ने बारेमा आएका समाचारहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाकार रहेका राजन भट्टराईले खण्डन गरेका छन् ।

बुधबार सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले भारतीय  मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइन हरुले आफ्नो बारेमा अतिरन्जना गरेको बताउदै ट्वीटरमा उनले लेखेका छन्।”भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइन हरुले मेरो विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता छैन । मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन ।इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम भएको छैन । दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ” 

‘ग्लोबल वाच एनलाइसिस’ले सन् २०१७ को अक्टोबरमा नेपालस्थित चिनियाँ दूतावासमा भट्टराईले पेश गरेको प्रोपोजलको प्रमाणसमेत प्रकाशित गरेको छ। चीनले नेपाल र नेपालका नेताहरुलाई कसरी आफ्नो नियन्त्रणमा लिइरहेको छ भन्ने विषयमा प्रकाशित एक लेखमा भट्टराईको सन्दर्भ जोडिएको छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend