
५ महिने शिशुसहित चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका २५ जनासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणमा चितवनका २५ जनासहित २६ जनामा कोरोना देखिएको हो ।
अस्पतालका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं.७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला रहेका छन् । उनिहरुको वि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल र रत्ननगर क्वारेन्टिनबाट स्वाब संकलन गरेको अस्पतालले जनाएको छ ।
रत्ननगर नगरपालिका–४, ९ र १२ का १९ देखी ५३ उमेर समुहका १२ जना पुरुष र २ महिला रहेका छन् । उनीहरु रत्ननगरका क्वारेन्टिनमा रहेका थिए । यस्तै माडी नगरपालिकामा ५ महिने बालकसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै माडी नगरपालिका–६ र ७ का ५ महिनाका बालकदेखि ५ जना पुरुष र ४ जना महिलामा कोरोना देखिएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेको बताइएको छ । आज नै गरिएको परिक्षणमा तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend