बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

भैरहवामा पनि सुरु भयो फुड बैंक हुनेले दिएर जाऔं नहुनेले लिएर

भैरहवामा पनि सुरु भयो फुड बैंक हुनेले दिएर जाऔं नहुनेले लिएर

भदौ ११ भैरहवा विश्वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि त्यसको व्यापक असर परेको छ।  कोरोना भाईरसको फैलावटलाई नियन्त्रण लिने प्रयास स्वरूप सरकार र विभिन्न स्थानीय निकायले आफ्नै स्वरूपमा लकडाउन देखि निषेधज्ञ सम्म जारी गरिएको छ ।  त्यसबाट बिशेषगरी मजदुरी गरेर खाने समुदायलाई छाक टार्न समेत मुश्किल परेको छ त्यसलाई मध्यनजर गर्दै भैरहवामा फुड बैंक सन्चालन गरिएको छ ।

received_775928396506921.jpeg

लकडाउनका कारण कसैको पनि चुलो बल्न नरोकियोस् भन्ने उद्देश्यले सन्चालनमा ल्याएको फुड बैंकमा बुधबार चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार लकाडाउन अवधिभर बितरण गरिने मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनी का संस्थापक अध्यक्ष रवि कुमार रौनियारले सुनौलो जानकारी दिए ।

यस कार्यक्रम मा बिभिन्न ब्यापारीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न। कार्यक्रम को समुद्घाटन प्रमुख अतिथी सिद्धार्थनगर उद्योग बाणिज्य संघ का अध्यक्ष श्री कुल प्रसाद न्योपानेले गर्नु भएको थियो।यो विषम परिस्थितिमा फाउन्डेसन तथा लायन्स ले गरेको यो सहयोग निकै महत्वपूर्ण र उपयोगी रहेको भन्दै आगामी दिनमा पनि निरन्तर रुपमा यस्ता कार्य गर्न र उद्योग बाणिज्य संघ ले समेत समन्वय र सहयोग गर्ने बताए ।

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend