सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

स्कुल भित्रै जुवा खेल्ने प्रधानाध्यापक सहित ११ जना पक्राउ

स्कुल भित्रै जुवा खेल्ने प्रधानाध्यापक सहित ११ जना पक्राउ

१२ भदौ, चितवन । प्रहरीले स्कुल भित्रै जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहीबार दिउँसो १ बजे पक्राउ गरि प्रहरीले आज विवरण सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक खैरहनी–२ का वर्ष ५० का विष्णु सिलवाल (१५०), खैरहनी–२ का वर्ष ३९ का राजकुमार गुरुङ (१,५००), खैरहनी –२ का वर्ष ६५ का ऋषिजन के.सी (१३,८७५), खैरहनी–२ का वर्ष ३६ का उमेश के.सी. (४,६६५), खैरहनी–२ का वर्ष ४५ का गुणराज केसी (१२,८७०), खैरहनी–२ का वर्ष ४३ का तिलक श्रेष्ठ (४,२८५), खैरहनी–३ का वर्ष ४२ का राजु थापा (४,११०) रहेका छन् ।

यस्तै खैरहनी–२ का वर्ष ४२ का राम थापा (३,५३०), खैरहनी–२ का वर्ष ३८ का शिव (६५५), खैरहनी–२ का वर्ष ३८ का बलराम सिलवाल र खैरहनी–२ का वर्ष ६१ का बेनी के.सी. रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend