आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

कोरोनाका कारण २९ वर्षीय युवकको मृत्यु

कोरोनाका कारण २९ वर्षीय युवकको मृत्यु

ललितपुर — शनिबार राति पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि शुक्रबार र शनिबार नै गरी ललितपुरमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार साँझसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६० जना निको भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend