logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    खराब मौसमले हवाई उडान प्रभावित, कतार एयरवेजले काठमाडौँको आकाशमा लगायो पाँच फन्को

    खराब मौसमले हवाई उडान प्रभावित, कतार एयरवेजले काठमाडौँको आकाशमा लगायो पाँच फन्को

    693
    Shares
    खराब मौसमले हवाई उडान प्रभावित, कतार एयरवेजले काठमाडौँको आकाशमा लगायो पाँच फन्को

    काठमाडौँ । ठूलो वर्षा र कम भिजिविलिटीका कारण आज हवाई उडान प्रभावित भएको छ ।

    त्रिभुवन विमानस्थलका अनुसार खराब मौसमका कारण धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

    आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । कम भिजिविलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ ।

    विमानस्थलका अनुसार भिजिविलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् ।

    मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको हो।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर-मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ।

    सोही मौसमी प्रणालीका कारण हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। देशभरका अधिकांश स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार शुक्रबार र शनिबार देशभर वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने बताइएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend