
प्रदिप आचार्य
कुलमान घिसिङ धेरै नेपालीको मनमनमा वसेको नाम हो। यसमा कुुनै शंका छैन र अनावश्यक तर्क गर्न पर्छ भन्ने पनि लाग्दैन । तर पछिल्लो समय उहाँलाई पुन अर्को कार्यकाल जिम्मेवारी दिने कुरामा पनि राजनितिक तहमा त्यती ठुलो विवाद छ भन्ने पनि लाग्दैन। सतहमा आएका कुरा केवल अहिलेको सरकारलाई विवादमा तान्न र नेकपा अध्यक्ष प्रचन्ड र प्रधानमन्त्री केपी शर्मा ओलीका विचमा भएको उच्च स्तरको समझद्धारीलाइ भड्काउन फाटो पार्न अनेक उपायमा यसलाई पनि रणनिति वनाइदैछ, जुन कदापी सम्भव छैन ।
कुलमान घिसिङ अब हिजोको लोडसेडिगं अन्त्य गरेको लोकप्रियताको भरमा फेरी जुन पदमा दोहोरीन खोज्दैछन भने त्यो देशका लागी र स्वयं उनैका पनि गम्भिर भुल हुनेछ । यदि विधुत प्राधिकरण अवका चुनौतीका वारेमा स्पष्ट खाका वनाएर अघि वढेन्न भने उनको यो लोकप्रियता छिनभरमै नामेट हुन सक्ने अवस्था छ ।
प्राधिकरण भित्रका समस्याका वारेमा हामी वा अरु कोही बोले भने कि तिनीहरु प्रतिगामी ठहरिन्छन कि राजनिति गरेको ठहर्छ वा ज्ञानको कमी किनकि प्राधिकरण सुधारमा कुलमान बाहेक अरुले बोल्नै हुन्न गर्नैहुन्न कुलमानले भ्रष्टाचार नि गर्दै गर्दैनन् नराम्रो नि गर्दै गर्दैनन् भनेर देवत्वकरण हुने गरेको सर्वब्यापी छ ।
कुलमानको व्यक्तित्वलाई लिएर अनावश्यक वहस गर्न पर्छ भन्ने लाग्दैन। सस्थाको नेतृत्व कमजोर हुन भन्दा वलियो भएको नै राम्रो तर अवको वहस हामीले खोजेको उर्जा वाट सवृद्ध हुने चरणको पहिलो अवस्थामा छौ अर्थात, सरकारी तहवाट विधुत उत्पादन सुरु भएको १०९ वर्षमा नवनेको र उत्पादन नभएको विजुली यस वर्ष उत्पादनमा आउदै छ भने, आज ठुलो सख्यांमा भारत वाट विजुली आयत गरी हटाएको लोडसेडिगंको ठाउमा करीव करीव वर्षायाम सहितको सात आठ महिना हामी विजुली वेच्ने हैसितयतमा पुग्दैछौ।
हिजो प्रसारण लाईनको समस्याले लोडसेडिगंमा वसेका हामी आज प्रसारण लाइनका कारण उत्पादित विजुली उपभोक्तासम्म पुग्न नसकेर अरवौ क्षति हुने अवस्था छ । आज रन अफ रिभरका आयोजना र भविश्यमा हुने वजारका अभावका सम्भावनाले लगानीकर्ता त्यस तर्फ पुर्णरुपमा आर्कषित हुन सकिराखेका छैन्न।
आजको विज्ञान र प्रविधि युगको सवैभन्दा ठुलो महामारी भोगीराखेका छौ जसले लगानीका वातावरण आयोजना को लागत र समयमा सम्पन्न गर्ने कुरामा ठुलै समस्या भएको प्रष्ट देखीन्छ । देशमा स्थायी सरकार आएको साढे २ वर्ष हुदा पनि अहिलेसम्म एउटा ठुलो र हिउद याममा हाम्रो माग धान्ने गरी ठुलो आयोजना वढ्न नसक्नुमा मन्त्रालय, सरकार मात्र हैन नेपाल विधुत प्राधिकरणका पनि कमजोरी छन् ।
रन अफ रिभरका आयोजना वाट पिक लोड धान्ने रिजर्भवयर आयोजनामा ध्यान पुगेको देखिदैन । यी हामीले देखेका प्राविधिक पाटाका समस्याहरु जुन कुरामा हामी भन्दा उहाको विज्ञता र ध्यान पुगेको नै हुन पर्छ तर अवको मुख्य चुनौती भनेको नै उत्पादित विजुलीको वितरण र उपभोग वढाउने नै हो ।
नेपाल विधुत प्राधिकरणलाई खरो उत्राउन सकिएन भने अर्थात अवको प्राधिकरण प्रमुख भएर आउने चाहे कुलमान घिसिगं वा अन्य कुनै अन्य व्यक्तिले उठाउन सकेन्न भने हाम्रो राष्ट्रिय आकक्षा पुरा हुदैन। अव जो कोही आए पनि लोडसेडिगं हुदैन त्यो कुरामा ढुक्क भए हुन्छ ।
हिजो माग धेरै आपुर्ति थोरै थियो। अव अवस्था वदलिदै छ तर हामीले त्यो आपुर्ति खपतका संरचना वनाएका छैनौ, हाम्रा विकासका मोडल परीवर्तन गरेका छैनौ । सामान्य कुरा गरौन, अहिलेका सरकारले विद्युतीय नीजी सवारी साधनमा भन्सार दर वढाएको छ।
सरकारले भन्सार बढायो हामीले किन वढायो भनेर खोजेनौ तर विरोध गर्यौ, भंसारदर वढ्नुमा विजुली गाडि चलाउन सक्ने संरचना नवढ्नु र विजुलीको खपतले पेट्रोलीयम पदार्थको आयतलाइ विस्थापन गर्न नसक्नुनै हो।
आज पनि अधिक विधुत उपभोग हुने ठुला ठुला कृषि सिचाई आयोजना, अधिक विधुत उपयोग गर्ने उधोगहरुलाई सौलियतका कार्यक्रममा विधुत प्राधिकरण चुकेको देखीन्छ भने, त्यस्ता आयोजना वढाउन मन्त्रालयलाई घचघचाउने प्रयत्न कुनै पनी योजनामा देखिदैन ।
कोरोना भाइरसले हरेकलाई सिकाएको आत्मनिर्भर अर्थतन्त्र हो, कोरोनामा सौलियतका नाममा महशुल छुट जनतालाई भन्दा व्यवसायीलाई चाहिएको थियो त्यो कुरा अहिलेसम्म व्यवसायीले पाएका छैन्न । त्यो छुट दिने सन्दर्भमा पनि शहरका भन्दा शहर उन्मुख गाउहरु जो हिजो गोवर ग्यासवाट खाना पकाउथे तिनिहरुलाइ लक्षित गरी विजुली चुलो सौलियतमा सके निशूल्क वितरण गर्न सकिन्थ्यो जसले अहिले खर्च देखीए पनि ठुलो संख्यामा विजुली चुलो वाल्ने ग्राहक थपिन्थ्यो तर त्यसो हुन सकेन, अहिले पनि गोवरग्यास फालेर सिलिन्डर ग्यास जोड्ने क्रम शहर उन्मुख गाउमा तिव्र छ जसले हामिलाई निर्भरता र उत्पादित विजुली उपयोग तर्फ पक्कै पनि लादै छैन ।
स्वदेशमा उत्पादीत एसी, हिटर, पंखालाई कसरी सहज र सर्वशुलभ वनाउने जसले, विजुलीको माग वढोस त्यो तर्फ सोच्न सकिन्छ, वरु सहायक कम्पनी वनाएर होस वा थोरै लगानी गरेर होस निजि क्षेत्रलाई नेपालमानै विजुली चुलो उत्पादनमा वढवा दिन सकिन्छ।
अवको नेतृत्वले हिजोको जनता मैत्री सोचलाई क्रमश उपभोक्ता मैत्री वनाउदै व्यवसायि मैत्री सोच वनाउनु पर्दछ । यी यावत कुरा छन् जसले नेपाल विधुत प्राधिकरणले उत्पादित विजुलीको उपभोग वढाउने र स्वाधिनता सहितको सवृद्ध नेपाल सुखी नेपाली वनाउने, जुन कुरामा अव आउने नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशकले सोच्न र पाइला चलाउन सकुन, उज्यालो नेपाल अभियानले उज्यालो भविश्यको रेखा कोर्न सफल होस, वातावरण मैत्री, स्वाधिन अर्थतन्त्र सहितको नया नेपाल हामै कालमा देख्न पाइयोस, अव कुलमान व्यक्ती नभई व्यक्तित्व वनेको छ, आगामी कुलमानले यसो गर्न सकुन शुभकामना ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend