मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

भारत र चीनको लद्दाखमा फेरी झडप !

भारत र चीनको लद्दाखमा फेरी झडप !

भदौ १५ काठमाडौँ, भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झडप भएको छ।बीबीसी हिन्दीका अनुसार आइतबार राति सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो।

चिनियाँ सेनाले सहमति उल्लंघन गरेको भारतले आरोप लगाएको छ।चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतको दाबी छ।भारतले चिनियाँ सेनासँग झडप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

झडपमा के कति क्षति भयो भन्ने जानकारी पनि प्राप्त भइसकेको छैन ।भारतीय सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्याङगोङ त्सो लेकमा चिनियाँ सैनिकको उत्तेजक व्यवहारलाई भारतीय सैनिकले रोकदिएको छ। भारतीय सेना संवादबाट शान्ति स्थापना गर्न चाहन्छ । तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवादका विषयमा बिग्रेड कमान्डरस्तरमा बैठक बसिरहेको छ ।’

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend