मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

एक रात त मलाई कोरोनाले सिध्याउने नै भयो भन्ने लागेको थियो तर जितेरै छोडे !

एक रात त मलाई कोरोनाले सिध्याउने नै भयो भन्ने लागेको थियो तर जितेरै छोडे !

नेकपाका सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त गत साउन २१ गते कोरोना संक्रमण देखिएसंगै पन्ध्र दिनको कोरोनासंगको लडाई पश्चात कोरोनालाई जित्न सफल भएका छन् । कोरोनाले घेरेको त्यो कालो दिनलाई सम्झदै नेकपा अध्यक्ष रेवती पन्तको अनुभब सुनौलो नेपाललाई यसरी सुनाए ।

म राजनीतिक र सामाजिक व्यक्ति भएकोले देशभर बिशेष गरि मेरै गृहजिल्ला सर्लाहीमा कोरोना संक्रमण बढ्दै गएपछि त्यसको ब्यबस्थापन गर्दै पिडित बनेका जनतालाई राहत र उद्दार गर्ने काममा सरिक भए । त्यो बेला हाम्रो समुहले सजकता अपनाउदा अपनाउदै अहिलेको जस्तो मास्क र स्यानीटाइजरको प्रयोग गरेका थिएनौ मलाई लाग्छ कोरोनाले त्यतिबेलानै समात्यो ।

साउनको १७ गते पार्टीको आन्तरिक बैठक थियो त्यहि दिन मलाई अलिकति ज्वरो आउला जस्तो रिंगटा लागेजस्तो भएको थियो त्यसको
३ दिनपछि मेरो काठमाडौँ आउने निजि काम थियो । म काठमाडौँ आए मलाई काठमाडौँ आउने क्रममा बाटोमै मेरो जिउ राम्रै संग तात्यो अनि मैले बाटोमै सोचे सर्लाही जिल्ला कोरोना प्रभावित जिल्ला हो त्यसमा मैले फन्टलाईनमा बसेर काम गरेको छु त्यसमाथि यस किसिमाका लक्षण देखिएपछि मलाई लाग्यो कि भन्ने सोच आयो । त्यसपछि मेरो आमा यहि काठमाडौँमा बस्नुहुन्छ उँहा अहिले ८८ बर्ष हुनु भयो आमालाई संक्रमणको खतरा देखेपछि मैले पिसिआर चेकक गर्नुपर्छ भन्ने लाग्यो । चिकित्सकसंगको सल्लाहपछि परीक्षणका लागि स्वाब दिएँ मनमा कोरोना हो कि भन्ने शंका पहिल्यै लागिरहेको थियो नभन्दै २१ साउनमा परीक्षण रिपोर्ट पोजेटिभ देखियो ।

रिपोर्ट पोजेटिभ आएपछि सुरुवातमा मन अलिकति आत्तियो त्यसपछि जसोतसो मनलाई शान्त पार्दै टेकु बिर अस्पताल स्थानीय प्रशासनलाई सबैलाई जानकारी दिएर काठमाडौँ साथीको अपार्टमेन्टमै होम आइसोलेनमा बसे । त्यसपछि सर्लाहीका सिडियो सहित सम्बद्द सबैलाई आफुलाई कोरोना भएको जानकारी दिंदै बिज्ञप्ति दिए जसले म संग सम्पर्क आएका सबैलाई कन्ट्याक्ट ट्रेसिंगको लागि सहयोग पुग्यो । कोरोना संक्रमित भएपछि होम आईसोलेसनको मेरो २ हप्ताको समयमा मनमा अनेक तर्कना आए ति मनमा खेलेका कुराहरुलाई जित्न आफ्नै मनलाई विश्वस्त पार्ने प्रयास गरेँ ।

अस्पतालमा आइसोलेसन बस्नु भन्दा घरमा आइसोलेसन बस्दा धेरै समस्याहरु पैदा हुने रैछन मलाई पनि त्यहा एक्लोपनको कारणले मानसिक तनाव बढ्यो । मृत्युसम्मको कल्पनाहरु पनि आए ति कुराहरु मनमा आउँदा जिउभरि काँडा उम्रिन्थ्यो । तर बिना औषधी कोरोनालाई धेरै मान्छे निको भएको समाचार हेरिरहँदा आफ्नै मन सम्झाउन सहज हुन्थ्यो।

आईसोलेसन बसेको चौथो पाँचौ दिनसम्म मलाई सामान्य ज्वरो मात्रा देखिएको थियो त्यसलाई कम गर्न ज्वरोको औषधी चलाईरहेको थिए ।
एक दिन मध्यरातमा मलाई अलि गारो भएपछि निद्राबाट एक्कासि बिउँझिएछु, सास फेर्न गाह्रो भईरहेको थियो अनि मलाई लाग्यो अब त मलाई कोरोनाले सिध्याउनेनै भयो सायद अन्तिम अबस्थामा रहेछु क्यारे भन्ने सम्म सोच मेरो मस्तिस्कमा आयो म एकदमै डराएँ । साँझ सुत्ने बेला तातो पानी र केहि कागती मेरो बेडको आडमा राखेको थिए उठेर कागती पानी पिए मनको त्यो डरलाई हटाउन केहि सकारात्मक कुराहरु सोचे त्यसपछि मलाई केहि सहज भएको महसुस पनि भयो ।

आईसोलेसन बसेको हप्ता दिनमा मेरो पिसिआर परिक्षण भयो तर त्यो परिक्षणमा पनि मेरो कोरोना पोजेटिभनै देखियो । प्राय दिनमा मोबाईल मार्फत साथीभाईसंग कुराकानी गर्ने समाचारहरु हेरेर आईसोलेसनमा बस्दा मेरा दिनहरु काटिरहेको हुन्थे । बिशेषगरी कोरोना संक्रमित बिरामीहरुले खाना रुचि नहुने खानाको स्वाद पनि नहुने समस्याहरु हुनेरैछ मलाईपनि त्यस्तै भयो तर कोरोनालाई जसरी पनि जित्नुपर्छ भन्ने दृढताका साथ खाना पनि जबर्जस्ति रुपमा खाई रहन्थे । खानेकुरामा मैले अण्डा माछामासु सहित झोलिलो र पोशिलो फलफुलहरु अधिकतम खाँए । १४ दिनपछि पुन पिसिआर परिक्षण गर्दा मेरो कोरोना नेगेटिभ आयो त्यसपछि पनि शरीरलाई आराम दिने क्रमलाई निरन्तरता दिंदै गईरहे ।

केहि समयपछि टिचिंग अस्पतालमा कार्यरत नर्सलाई कोरोना संक्रमण भएर स्थिति अल्लि खराब भएको अबस्था थाहा मलाई मेरा एकजना डाक्टर आफन्तले जानकारी दिंदै भन्नु भयो तपाईको ब्लडसंग उँहा (संक्रमित नर्स)को ब्लड ग्रुप मिल्ने रैछ तपाईले प्लाज्मा दिन पर्ने स्थिति हुन् सक्छ भन्नु भयो । मेरो लागि कोरोना संक्रमितलाई बचाउने मौका आएको भन्ने सोचेर मैले हुन्छ भनेर टिचिंग अस्पतालमा गएर मैले प्लाज्मा दिए त्यसले पनि शरीरलाई केहि कमजोर बनाउने रहेछ तिन सम्म मैले पूर्ण रेस्ट गरेपछि मेरो शरीर अहिले पूर्णरुपमा फिट भएको छु

हेर्नुस सुनौलो नेपालका लागि महेश शर्माले रेवती पन्तसंग गरेको कुराकानी (भिडियो)

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend