logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    ऊखु र दुधको बक्यौता भुक्तानी गर्न अर्थले दियो २ अर्ब, दसैंअघि किसानले पाउने

    ऊखु र दुधको बक्यौता भुक्तानी गर्न अर्थले दियो २ अर्ब, दसैंअघि किसानले पाउने

    693
    Shares
    ऊखु र दुधको बक्यौता भुक्तानी गर्न अर्थले दियो २ अर्ब, दसैंअघि किसानले पाउने

    काठमाडौं । सरकारले ऊखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । शुक्रबार अर्थ मन्त्रालयले ऊखु किसानलाई १ अर्ब ४५ करोड ३२ लाख र दुधको बक्यौता तिर्न ६० करोड रुपैयाँ निकासा गरेको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले जनाएको छ ।

    यसअघि कृषि मन्त्रालयको पहलमा मन्त्रिपरिषदको वैठकले दुध किसानको बक्यौता रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो ।

    मन्त्रालयका अनुसार ८ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ । कञ्चनपुर ,नवलपरासी पश्चिम, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउदै आएको गत वर्षको अनुदान रकम पाउने भएका हुन ।

    यसैगरी लामो समयदेखि दुध बिक्री गरे वापतको रकम पाउन नसकेका दुध किसानहरुलाई सरकारले प्रदान गरको ऋणबाट भुक्तानी गरिने दूग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताए ।

    कृषि तथा पशुपंन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेपछि किसानले पाउनुपर्ने रकम भुक्तानीको पहल गरेका थिए । मन्त्री अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको थियो । यस्तै ऊखु किसानको अनुदान रकम भुक्तानी दिलाउन मन्त्री अधिकारीले पहल गरेका थिए ।

    मन्त्री अधिकारीले दसैंअघि नै किसानको रकम भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्दे आएका थिए । सरकारले प्रदान गरेको रकम किसानकै खातामा पूग्नुपर्ने मन्त्री अधिकारीले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend