
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
ग्रान्डी अस्पतालमा गरिएको परीक्षणमा शाक्यको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । श्रीमती र आफ्नो जाँच गर्दा आफ्नो मात्र कोरोना रिपोर्ट पोजिटिभ आएको मेयर शाक्यले जानकारी दिए । उ
नले भने– ‘पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ ।’ उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए। उनले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend