
काठमाडौं । पाटन अस्पतालमा मंगलबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ४० वर्षीया पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । ६२ वर्षीया ती महिलाको पनि पाटन अस्पतालमा नै मृत्यु भएको थियो ।
१५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो। त्यसपछि आमालाई संक्रमण देखिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend