सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

बाग्लुङमा बाढीको बितण्डा खोला किनारमा रहेको बस्ती बग्यो १२ जना सम्पर्क बिहिन

बाग्लुङमा बाढीको बितण्डा खोला किनारमा रहेको बस्ती बग्यो १२ जना सम्पर्क बिहिन

भदौ १८ बागलुङ । अविरल वर्षाका कारण भुजीखोलामा आएको बाढीले किनारमा रहेका बस्ती बगाएको छ ।

बाढीका कारण ११ जना सम्पर्क विहीन भएका छन् भने एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको छ । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले सुनौलो नेपाललाई दिएको जानकारी अनुसार साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका गाउँहरुमा भुजी खोला किनारमा रहेको बस्ती बाढीले बगाएको छ ।

अहिले घटना स्थल तिर ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरिसकेको छ । थप क्षतिको बिवरण आउन बाकी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend