
१८ भदौ, काठमाडौं । अविरल वर्षाका कारण भुजीखोलामा आएको बाढीले किनारमा रहेका बस्ती बगाएको छ ।
बाढीका कारण ११ जना सम्पर्क विहीन भएका छन् भने एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको छ ।
ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले सुनौलो नेपाललाई दिएको जानकारी अनुसार साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका गाउँहरुमा भुजी खोला किनारमा रहेको बस्ती बाढीले बगाएको छ ।
बागलुङमा बाढी र पहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि सोही क्षेत्रबाट संघीय संसदमा निर्वाचित सांसद देवेन्द्र पौडेल गृहमन्त्री रामबहादुर थापा स्थितको टोली लिएर त्यस्त तर्फ जादै हुनुहुन्छ।
देवेन्द्र पौडेल गृहमन्त्री रामबहादुर थापा सहितको टोली केहीबेरमा नेपाली सेनाको हेलिकप्टरबाट ढोरपाटन जान लागेको हो ।
थापा र पौडेल संगै उद्धारका लागी नेपाली सेना समेत गृहमन्त्रीसंगै बागलुङ जान लागेको हो । घटनाको अनुगमनपछि गृहमन्त्रीले राहत तथा उद्धारका लागि आवश्यक समन्वय र निर्देशन दिने गृहमन्त्रालयले जनाएको छ ।
घटनास्थलमा बिस्तृत विवरण बुझिसकेपछि आवश्यक उद्धार तथा राहतको काम अघि बढाइने सांसद पौडेलले जानकारी दिनुभयो । पौडेलले अहिले निरन्तर स्थानीय प्रशासन, सुरक्षाकर्मीलाई उद्धार तथा राहतका लागी सक्रिय बन्न काठमाण्डौबाटै समन्वय गरिरहनु भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend