मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : एसएसपी ढकाल

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : एसएसपी ढकाल

काठमाडौँ – रातो मछिन्द्रनाथको रथयात्राका क्रममा ट्राफिक प्रहरीमाथि हातपात गरिएको घटनाप्रति महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले आपत्ती जनाउनु भएको छ ।

ढकालले “कोरोना कहरका  कारण सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानबिय मात्रै नभई कानुन बिपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही बताउनु भयो।

बिहीवार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा  प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।  झडपमा प्रहरी जवान कमल प्रसाद घिमिरेमाथि प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण गरेका थिए । उनलाई मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार भएको थियो। 

घाइते भएका घिमिरेको ट्राफिक प्रहरीको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend