
काठमाडौँ – रातो मछिन्द्रनाथको रथयात्राका क्रममा प्रदर्शनकारीको कुटपिबाट घाइते भएका प्रहरी जवान कमल प्रसाद घिमिरेलाई भेट्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल अस्पतालमा जानुभएको छ।
बिहीवार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा घाइते भएका प्रहरी जवान घिमिरेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुभएको हो। घिमिरेलाई भेटेपछि ढकालले उँहाको स्वास्थ्य अवस्था सुधारउन्मोख रहेको र रिपोर्टहरु सामान्य रहेको र शुक्रबार उनी डिस्चार्ज हुने बताउनु भयो।
सिन्धुली घर भएका घिमिरेलाई प्रदर्शनकारीले मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार गर्दै निर्मतापूर्वक कुटपिट गरेका थिए।
“कोरोना कहरका कारण सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानबिय मात्रै नभई कानुन बिपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही गरिने उँहाको भनाई छ।
घाइते भएका घिमिरेको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend