
काठमाडौँ– राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ। ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए। बिहीवार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रहरी जवान कमल प्रसाद घिमिरेमाथि प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण गरेका थिए । उनलाई मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार भएको थियो। घाइते भएका घिमिरेको ट्राफिक प्रहरीको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend