सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गर्न जुट्यो होटेल ब्यबसायी महासंघ !

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गर्न जुट्यो होटेल ब्यबसायी महासंघ !

भदौ १९ काठमाडौँ, नेपाल होटेल ब्यबसायी महासंघ र नेपाल चिकित्सक बिच आइशोलेसन र क्वारेन्टीन व्यवस्थापन गर्न चार बुंदे सहमति भएको छ । कोरोना नियन्त्रणमा अहोरात्र फन्टलाईनमा खटेका धेरै चिकित्सकहरु कोरोनाको जोखिममा छन त्यसलाई मध्यनजर गर्दै होटेल ब्यबसायी महासंघले महामारीको बेला आफ्नो राज्य प्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै कोरोना उपचारमा अग्रभागमा खटेका चिकित्सकलाई सहयोगमा जुटेको हो । बिहिबार भएको सम्झौतामा नेपाल होटेल ब्यबसायी महासंघले चिकित्सक र तिनको परिवार क्वारेन्टीन तथा आईसोलेसनमा बस्नु पर्ने भएमा १५०० मा उक्त सेवा उपलब्ध गराउने प्रतिबद्दता गरेको नेपाल होटेल ब्यबसायीसंघका अध्यक्ष हिराध्वज शाहले सुनौलो नेपाललाई जानकारी दिए ।

hotel 1.jpg

यसअघि विदेशबाट उद्दार गरेर नेपाल आउँन लागेका नागरिकलाई पनि होटेल ब्यबसायी महासंघले सस्तो दरमा होटेलमा बस्ने ब्यबस्था गरेको थियो । त्यसबेला बिशेसगरि राजधानीमा रहेका ठुला तारेहोटेलहरुले राजनीतिक पंहुचका आधारमा विदेशबाट उद्दार गरेर ल्याउने नेपाली नागरिकलाइ महँगोमा एकलौटी रुपमा ठुला तारेहोटेलमा राख्ने प्रपन्च गरेको थियो तर सिसिएमसीको उक्त निर्णयको होटेल ब्यबसायी महासंघको तिब्र बिरोध,आमजनमासबाट बिरोध भएपछि राज्यले मध्यम खालका होटेलमा समेत उद्दार गरेर ल्याउने नागरिकलाई राख्न तयार भएको थियो । अहिले विदेशबाट आउने नेपाली नागरिकहरुको प्रमुख रोजाईको केन्द्र तिनै मध्यम तहका होटेलहरु बनेका छन् अहिले नेपाल होटेल ब्यब्स्यी महासंघले राजधानीका ११२ होटेलबाट रु १५०० मा कोरोनाबाट प्रभावित बनेर विदेशबाट आउने नेपालीलाई सेवा दिईरहेको छ ।नेपाल चिकिस्तकसंघ र आफुहरु बीच सहमतिपूर्णरुपमा पालाना गराउन महासंघको प्रदेशस्तरीय समितिलाई निर्देशन समेत दीएको छ साथै सोको अनुगमन र समन्वयगर्ने सयोजकहरु पनि तोकिएको छ ।

hotel.jpg

कोरोना महामारीको कारण सबैभन्दा धेरै प्रभावित हुने क्षेत्र होटेल ब्यबसाय क्षेत्रपनि हो संक्रमण बढ्दै जाँदा केहि होटेलहरु बन्द हुने अबस्थामा रहेका छन् तर महासंघले होटेल ब्यबसायीहरुको समस्यालाई समाधान गर्नगरी नेपाल सरकारसंग समन्वय गरिरहेको नेपाल होटेल ब्यबसायी महासंघका सचिब शंकर भण्डारी बताउछन । खासगरी ब्यबसायीहरुको समस्या समाधानको लागि अहिलेको नेतृत्वले देखाएको तदारुकता र सक्रियताले होटेल ब्यबसायीहरु उत्साहित समेत बनेका छन् ।

बिशेष गरी कोरोनाका कारण थला परेको होटेल ब्यबसायीलाई बचाईराख्न सरकारसंग उच्च स्तरीय सम्यन्व्य गर्नको लागि होटेल ब्यबसायी महासंघका अध्यक्ष हिराध्वज शाह उनको आफ्नो ब्यबसायिक ठाउँ बुटवलबाट काठमाडौँ आएर होटेल ब्यबसायी अन्तर्गतका होटेलहरुमा विदेशबाट उद्दार गरी ल्याउने नागरिकहरुलाई राख्न सरकारसंग बिशेष पहल गरेका थिए । उनको पहलबाटनै होटेल ब्यबसाय महासंघ अन्तर्गतका होटेलहरुलाई सुचिकृत गर्न सरकार बाध्य भएको थियो ।

नेपालमा गत जनवरी ३ बाट देखिन सुरु गरेको कोरोना अहिले राजधानी काठमाडौँ सहित देशभरमा आक्रामक तरिकाले फैलिदै गईरहेको छ । स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार बिहिबारसम्म देशभरमा ४२,८७७ जना कोरोना संक्रमित हुँदा २५७ जनाको मृत्यु भएको छ भने २४,२०७ जना कोरोना जितेर घर फर्कीसकेका छन् ।

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend