सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

विश्वकै चर्चित मेडिकल जर्नलले भन्यो : रसियाले बनाएको कोरोना बिरुद्धको खोप सफल

विश्वकै चर्चित मेडिकल जर्नलले भन्यो : रसियाले बनाएको कोरोना बिरुद्धको खोप सफल

काठमाडौँ, २० भाद्र । रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५)  सफल देखिएको छ।

विश्वकै चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले शुक्रबार खोपको प्रारम्भिक चरणका सबै  गरीएका परिक्षणमा सहभागीहरूको एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरेको छ।

जर्नलले दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको पनि  उल्लेख गरेको छ।

तर रसियाले निर्माण गरेको यस खोपमा अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने संशय व्यक्त गर्दै आइरहेका छन्। रुसले भने यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ।

यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो। रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend