
भदौ २१, काठमाडौ । सर्पको टोकाईबाट नेपालमा बार्षिक पच्चीस सयसम्मले ज्यान गुमाउछ्न। ब
सरकारले विकास निर्माण एवं स्वास्थ्य शिक्षा जस्ता पूर्वाधारमा प्राथमिकता नराखी सर्पपालनलाई ७२ करोड बजेट सम्झौता गरिएको भन्ने बिषयमा आमजनमानसमा यतिबेला तीब्र आलोचना भईरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष रेवती पन्त भने यसको विस्तृत परियोजना नबुझी सञ्चारमाध्यममा अतिरञ्जित हुनु दुःख र दुर्भाग्यको बिषय भएको बताउंँछन । सर्पपालनबाट एण्टी स्नेक भेनम उत्पादन गर्न र एग्रो टुरिज्मको लागि समेत नेपाल राम्रो गन्तव्य भन्ने उनको भनाई छ । ‘यो बहुबर्षे प्रोजेक्ट हो, उनले भने,हामीले सर्पलाई उपयोग गर्न सक्यौं भने मनग्य आम्दानी समेत गर्न सकिन्छ ।’
तराईका २६ जिल्लामा समेत बर्षायामको समय सर्पको बढी विगविगी हुन्छ । अधिकांश सर्प बिषालु नभएपनि गोमन ,करेत जस्ता बिषालु सर्पले टोकेर मात्र बर्षेनी २ हजार भन्दा बढीको मृत्यु हुदै आएको छ । सर्पको टोकाईबाट अकालमा मृत्युवरण गर्न नपरोस र नेपालले आफै प्रशस्त एन्टीभेनम उत्पादन गर्ने हेतुले सर्पपालन गर्न लागिएको पन्तले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानको भिजन , योजनालाई संघीय र प्रदेश सरकारले सहजै स्वीकार गरेको र यसमा सहयोग मात्र गर्न प्रतिष्ठान तत्पर भएको हो । प्रतिष्ठानले शुरुका क्षणमा सर्लाहीको लालबन्दीमा पूर्वाधार निर्माण गरी पहिलो चरणमा पाँचसय वटा सर्पपालनबाट योजना अगाडि बढाउने भएको उनले जानकारी दिए ।
‘सर्पपालनलाई हामीले बहुउद्धेश्य योजन सहित शुरु गर्न लागेका हौ, उनले भने , यसको मुख्य उदेश्य सर्पको डसाईबाट कोही पनि मर्न नपरोस भन्ने हो ।’ अध्यक्ष पन्त आफै सर्पको टोकाइबाट पीडित व्यक्ति हुन । सर्पको डसाईबाट बालबाल बांँचेका उनी सर्प संरक्षण गर्न अग्रसर भएका छन । उनले लामो समयको अनुसन्धान, अध्ययन तथा विज्ञको राय अनुसार न यो परियोजना अघि सारेको बताए ।
सरकारको त्यत्रो ठूलो रकम सर्पपालनमा खर्च गर्न लागिएको बिषयमा उनी भन्छन, यो बहुबर्षीय प्रोजेक्ट हो एकैपटक खर्चपनि हुदैन। योजना पुरा भएपछि सरकारलाईनै हस्तान्तरण हुन्छ । हामी लिन आएका होइनौ । दिन आएका हौं ।’ प्रतिष्ठानले कुनै नीजि तथा संस्थागत स्वार्थ जोडेर यो परियोजनामा हात नहालेको उनले स्पष्ट पारे ।
देशभर ठूला ठूला रोगका ठूला ठूला अस्पताल भएपनि सर्पदंशको उपचार गर्ने सिमित अस्पताल र सिमित विज्ञ भएको कारण यसको उद्धेश्य विज्ञहरु उत्पादन गर्ने , एण्टी स्नेक भेनमको ल्याब निर्माण गर्ने र हरेक पालिकामा सर्पदंशको उपचारको लागि अलग्गै विभाग निर्माण गरिने प्रतिष्ठानको योजना रहेको छ ।
सर्पपालनबाट छोटोसमयमै राष्ट्रलाई फाइदा नदेखिएपनि दीर्घकालिन रुपमा देशलाई ठूलो फाइदा हुने र यसको छाला तथा अन्य अंगहरुबाट समेत जटिल रोगको उपचारका औषधी निर्माण गर्न सकिने उनले बताए । ‘७२ करोडको प्रोजेक्टको यो खासै केही पनि होइन उनले भने, पछि यो प्रोजेक्ट ७२ खर्ब बराबरको स्वामित्व हुन सक्छ ।’ सर्पपालनले चिकित्सा क्षेत्र, पर्यावरणीय सन्तुलनका साथै नेपाली समाजमा ठूलो सकारात्मक प्रभाव पार्ने पन्तको भनाई छ । यस परियोजनाले भारतसंँगको एन्टी भेनम निर्भरता हटाउने र बिषलाई प्रशोधन गरी एण्टी स्नेक भेनम उत्पादन गरिने मुख्य लक्ष्य रहेको छ ।
सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको छ । असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का प्रक्रिया समेत पुरा गरी भवन निर्माण गरिने भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend