शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

राष्ट्रिय सभा

राष्ट्रिय सभा

भाद्र २१, काठमाडौँ –  संघीय संसदको उपल्लो सदन अर्थात राष्ट्रिय सभा हरुवाको अखडा बन्न थालेको छ। 

विभिन्न निर्वाचनमा जनताको मतबाट अस्वीकृतहरु धमाधाम राष्ट्रिय सभामा मनोनित हुन् थालेपछि राष्ट्रिय सभा हरुवाको अखडा बन्न थालेको हो।

बिज्ञहरुलाई ल्याउने र तल्लो सदनले कानुन निर्माणमा गरेका त्रुटी सच्चाउने भन्ने व्यवस्था रहेको राष्ट्रिय सभामा चुनाव हारेका र बेरोजगार नेताहरुको व्यवस्थापनतर्फ उन्मुख हुन् थालेको चिन्ता बर्दिया-१ बाट प्रतिनिधि सभाको चुनावमा हारेका बामदेव गौतम समेत राष्ट्रिय सभा सदस्य  मनोनित हुने भएपछी बढेको छ ।    

 

 

गोरखा–२ बाट पराजित नेकपाकै नेता नारायणकाजी श्रेष्ठ र सप्तरी–४ बाट पराजित जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य भइसकेका छन् ।

प्रदेशसभा चुनावमा दाङ–३ (१) बाट पराजित नेकपाका जगप्रसाद शर्मा मात्रै होइन, तनहुँ भानु नगरपालिकाको प्रमुखमा पराजित भगवती न्यौपाने, कपिलवस्तु वाणगंगा नगर प्रमुखमा पराजित विमला घिमिरे र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ को वडा सदस्यमा पराजित सिंगबहादुर विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्य छन् । नेकपाले उनीहरूलाई राष्ट्रिय सभामा रिक्त हुने पदका लागि गत वर्ष माघमा भएको निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेशका सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता हुन्छन् । प्रत्यक्ष रूपमा जनताको मतबाट भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पराजितहरू पार्टीलाई दबाब दिएर राष्ट्रिय सभाको टिकट लिन सफल भएका हुन् । पूर्वानिर्धारित ‘क्यालकुलेट’ मतदाताका कारण उम्मेदवार बन्नासाथ उनीहरूको जित निश्चित थियो ।

 

   

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend